आजबाट एकीकृत वेबसाइट व्यवस्थापन प्रणाली लागू

काठमाडौं । सरकारले एकीकृत वेबसाइट व्यवस्थापन प्रणाली तथा वेब मनिटरिङ प्रणाली सुरू गरेको छ । सञ्चार तथा सूचना प्राविधिमन्त्री रेखा शर्माले आज मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच उक्त प्रणालीको शुभारम्भ गर्नुभएको हो ।

सूचना प्रविधि विभागले सो प्रणाली हाल मन्त्रालय मातहतका विभागमा सुरू गरिएको जनाएको छ ।

यस प्रणालीको प्रयोगबाट सरकारी निकायहरूको सूचना प्रविधिसम्बन्धी दक्ष जनशक्ति नभएपनि उपलब्ध जनशक्तिको मद्दतले आ–आफ्ना निकायगत वेबसाइटहरू सहजै निःशुल्क एवं सुरक्षितरुपमा विकास गर्न सकिने र अद्यावधिक एवं सपोर्टका लागि बर्सेनि गरिने खर्च बचत हुने जनाइएको छ।

कार्यक्रममा मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्याल, विभागीय प्रमुख तथा मातहतका निकायका अधिकारीको सहभागिता रहेको छ ।

Back to top button