जसपा प्रदेश १ को अध्यक्षमा याक्खा चयन

विराटनगर । जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रदेश १ को अध्यक्षमा दीपक याक्खा चयन हुनुभएको छ ।

प्रदेश कार्यालय इटहरीमा आज बसेको प्रदेश समितिको पूर्ण बैठकबाट उहाँलाई अध्यक्ष चयन गरिएको हो।उहाँ यसअघि समितिको उपाध्यक्ष हुनुहुन्थ्यो। प्रदेश समितिले हिजो र आज गरी २ दिन बैठक र प्रशिक्षणको आयोजना गरेको थियो।

हिजो आयोजित प्रशिक्षण कार्यक्रममा पार्टीका संघीय परिषद् अध्यक्ष अशोककुमार राई, कार्यकारिणी समिति सदस्यहरू रकम चेम्जोङ, रणध्वज कन्दङ्वा, परशुराम बस्नेत लगायतका नेताहरुले प्रशिक्षण दिनुभएको थियो।

पार्टीको विधान अधिवेशनको समय नजिकिएसँगै जसपाले संगठनहरू गठन, पुनर्गठन र अभिलेख संकलनको कार्यलाई तीव्रता दिइएको छ।

 

Back to top button