अन्तर स्कुल हव लिग क्रिकेटः सरस्वती र बुढानिकण्ठ विजयी

विराटनगर । नेपाल क्रिकेट फाउण्डेसनको आयोजनामा विराटनगर–६ स्थित मेल्वन विराटनगर ज्वाला क्रिकेट मैदानमा जारी अन्तर स्कुल हव लिग क्रिकेट प्रतियोगिता अन्तर्गत आजको खेलमा सरस्वती स्कूल र बुढानिलकण्ठ स्कूल विजयी भएका छन् ।

आजको जीतसँगै दुवै स्कूल सेमिफाइनलमा प्रवेश गरेका छन् । पहिलो खेलमा सत्यनारायण स्कूलले मनकामना स्कूललाई ४ विकेटले पराजित गरेको हो भने सरस्वतीले समुह वि को तीनै खेल जित्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।

टस जितेर ब्याटिङ गरेको मनकामनाले निर्धारित २५ ओभरको खेलमा १७ दशमलव ३ बलमा सवै विकेट गुमाई ७२ रनको झिनो स्कोर खडा गरेको थियो । जसका लागि मनिष भगतले २० रन बनाउँदा अंकित मल्लीकले ११ रन बनाउनुभएको थियो ।

सरस्वतीका म्यान अफ द म्याच सुमन यादवले ५ ओभरमा १ मेडन राख्दै १८ रन दिएर ५ विकेट लिँदा शिवनन्दन यादव र रोहन मण्डलले समान २–२ विकेट लिनुभयो ।

७३ रनको झिनो लक्ष्य पाएको सरस्वतीले १५ दशमलव ४ बलमा ६ विकेट गुमाउँदै लक्ष्य पार गर्‍यो । जस्मा रोहन मण्डलले अविजित १२ रन जोड्दा जोड्दा सुमन यादव ११ रनमा अविजित रहनुभयो । मनकामनाका राजा मण्डलले ३ विकेट लिनुभयो ।

आजै भएको समुह ए कोे खेलमा बुढानिलकण्ठ स्कलले बाल्मिकी स्कूललाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । बुढानिलकण्ठले ३ खेलमा २ मा जित र १ मा पराजित भई समुह उपविजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको हो ।

यता बाल्मिकीले १ मा जित र २ मा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । टस जितेर ब्याटिङ गरेको बाल्मिकीले निर्धारित २५ ओभरको खेलमा १३ दशमलव १ बलमा सवै विकेट गुमाई ६७ रनको स्कोर खडा गरेको थियो । जस्मा सरोज साहले सर्वाधिक १० रन बनाउनुभयो ।

बुढानिलकण्ठका इसान अलीले ४ विकेट र जिवन ढकालले ३ विकेट लिनुभयो । ६८ रनको विजयी लक्ष्य पछ्याएको बुढानिलकण्ठले १६ दशमलव ५ बलमा ६ विकेट गुमाई लक्ष्य पार गर्‍यो ।

उसका लागि म्यान अफ द म्याच बुडानिलकण्ठका अर्नभ भट्टराईले अविजित ३८ रनको योगदान दिनुभयो । बाल्मिकीका कृष्ण साहले सर्वािक ३ विकेट लिनुभयो ।

लिगकम नकआउटको आधारमा खेलाइएको प्रतियोगितामा विराटनगरमा ८ वटा निजि तथा सामुदायिक स्कूलले सहभागिता जनाएको नेपाल क्रिकेट फाउण्डेसनका अध्यक्ष अभिशेक श्रेष्ठले जानकारी दिनुभयो ।

Back to top button