मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु

विराटनगर । मोरङको बुढिगंगा गाउँपालिका ४ स्थित नेमुवामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

कोशी लोकमार्ग अन्तरगत नेमुवामा मोटरसाईकल दुर्घटना हुँदा चालक सप्तरी सप्तकोशी गाउँपालिका -१ का १९ वर्षीय निसान चौधरी र पछाडी सवार सुनसरी रामधुनी नगरपालिका- ९ का १६ वर्षीय समिर चौधरीको मृत्यु भएको हो ।

सोमबार बिहान दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको बा ६३ प ७२७ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको थियो ।

दुर्घटनामा परि दुवै जना गम्भीर घाइते भएको र उपचारको क्रममा विराट टिचिङ अस्पताल गंगाचौकमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय नेमुवाले जनाएको छ ।

Back to top button