उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठलाई कतार भ्रमणको स्वीकृति (हेरौं मन्त्रीपरिषदका निर्णय)

काठमाडौं । उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठ कतार भ्रमणमा जाने हुनुभएको छ । अतिकम विकसित मुलुकहरूको पाँचौं संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भाग लिन उहाँ कतारको दोहा जान लाग्नुभएको हो ।

हिजो बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री श्रेष्ठको फागुन १९ देखि २३ गतेसम्म हुने भ्रमण स्वीकृत गरेको छ। उक्त सम्मेलनमा यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जाने तयारी गर्नुभएको थियो । तर फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनका लागि भन्दै उहाँको भ्रमण स्थगित भएको हो ।

यस्तै थाइल्यान्डको बैंककमा फागुन २४ र २५ गते हुने भर्चुअल बिम्स्टेक बैठकमा भाग लिन परराष्ट्र सचिवको नेतृत्वमा प्रतिनिधि मण्डल गठन हुने भएको छ।

एसियाली विकास बैंकको आयोजनामा फिलिपिन्समा हुने मध्यकालीन समीक्षा कार्यक्रममा सहभागी हुन अर्थ मन्त्रालयका सचिव तोयम रायलाई स्वीकृति प्रदान गरेको छ।

Back to top button