
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी वर्षदेखि खेलकुद क्षेत्रको बजेट बढाउने बताउनुभएको छ ।
आज ललितपुरको च्यासल रंगशाला उद्घाटन गर्दै उहाँले आउँदो वर्षदेखि खेलकुदमा गुणात्मक रुपमा बजेट बढाउने बताउनुभएको हो ।
उहाँले खेलकुद क्षेत्रले समाजलाई अनुशासित बनाउने भन्दै मर्यादा र संस्कृति स्थापित गर्नका लागि पनि खेल क्षेत्र महत्वपूर्ण रहेको बताउनुभयो ।
खेल क्षेत्रको महत्व अनुसार बजेट नछुट्टिएको भन्दै उहाँले अबको बजेटमा गुणात्मक रुपमा बृद्धि गरिने बताउनुभएको हो ।