
काठमाडौं । सभामुख देवराज घिमिरेले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्नुभएको छ ।
अन्तर व्यवस्थापिका संघ (आईपीयू) बैठकका लागि बहराईन जानु अघि उहाँ राष्ट्रपति कार्यालयमा पुगेर भेट गर्नुभएको हो । भेटका क्रममा उहाँले आईपीयू बैठकको बिषयमा राष्ट्रपतिलाई जानकारि गराउनुभएको छ ।
आईपीयूको १४६ औं बैठकका लागि ९ सदस्यीय टोलीको नेतृत्व गर्दै सभामुख आगामी फागुन २६ गते बहराइन प्रस्थान गर्दै हुनुहुन्छ ।
आईपीयू बैठक फागुन २७ देखि चैत १ गतेसम्म बहराइनको मनामा शहरमा हुँदैछ ।