हन्ड्रेड क्रिकेटको ड्राफ्टमा सन्दीप र अर्जुन समावेश

काठमाडौं । इंग्ल्याण्ड एण्ड वेल्स क्रिकेट बोर्डको आयोजनामा हुने फ्रेन्चाइज क्रिकेट दी हन्ड्रेड को ड्राफ्टमा नेपालका सन्दीप लामिछाने र अर्जुन साउद समावेश हुनुभएको छ ।

तेस्रो संस्करणको प्रतियोगिताका लागि सार्वजनिक ड्राफ्ट लिस्टमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने र विकेटकिपर अर्जुन साउद पर्नुभएको हो ।

सन्दीप यसअघि पनि हन्ड्रेड क्रिकेटका लागि छनोट भइसक्नुभएको थियो। तर भिसा प्रक्रिया नमिल्दा उहाँले खेल्न पाउनुभएको थिएन् । अर्जुन भने पहिलो पटक हन्ड्रेडको ड्राप्टमा पर्नुभएको हो । प्रतियोगितामा खेल्नका लागि ड्राफ्टबाट छनोट हुनुपर्नेछ ।

सार्वजनिक ड्राफ्ट सूचीमा सन्दीप र अर्जुनसहित कुल ३ सय ६८ खेलाडी छन् । खेलाडी ड्राफ्ट यह मार्च २३ मा आयोजना हुनेछन् । तेस्रो संस्करणको हन्ड्रेड क्रिकेट अगस्ट १ बाट सुरु हुँदैछ।

Back to top button