कारको ठक्करबाट दुई जनाको मृत्यु

बिर्तामोड । झापामा कारको ठक्करबाट दुईजना पैदल यात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कनकाई नगरपालिका–८ का ३२ वर्षीय सन्तोष गुरुङ र ३७ वर्षीय खगेन्द्र बयलकोटी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरिक्षक (डीएसपी) खगेन्द्र रिजालले जानकारी दिनुभएको छ ।

प्रहरीका अनुसार कनकाई–८ स्थित लक्ष्मिपुर चौकमा गएराति पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ४ च ४५२५ नम्बरको कारले बाटो काट्दै गरेको अवस्थामा पैदलयात्रीलाई ठक्कर दिएको थियो ।

कारको ठक्करबाट दुवैजनाको घटनास्थलमा मृत्यु भएको हो । कारसहित चालकलाई इलाका प्रहरी कार्यालय घैलाडुब्बाले नियन्त्रणमा लिएको छ ।

Back to top button