प्रदेश १: प्रदेश सभा बैठक सुरु

विराटनगर । प्रदेश १ को प्रदेशसभा बैठक सुरु भएको छ । प्रदेशको नामकरण गर्नका लागि बैठक सुरु भएको हो ।

प्रदेशमा नामकरणका लागि ‘कोशी’ प्रदेश र ‘किरात–लिम्बुवान–सगरमाथा’ प्रदेश राख्ने प्रस्ताव दर्ता भएको छ ।

यस्तै, नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र कोशी नाम राख्न सहमत भएका कारण ‘कोसी प्रदेश’ दुई तिहाइ बहुमतका साथ पारित हुनेछ ।

Back to top button