लोकसेवा आयोगको तेस्रो राष्ट्रिय सम्मेलन आजबाट धनगढीमा सुरु

धनगढी । लोकसेवा आयोगहरुको तेस्रो राष्ट्रिय सम्मेलन आजबाट कैलालीको धनगढीमा सुरु भएको छ ।

लोकसेवा आयोग केन्द्रीय कार्यालय काठमाडौंको आयोजनामा धनगढीको रुबस होटलमा आयोजित सम्मेलनमा केन्द्रीय कार्यालयका साथै प्रदेश लोकसेवा आयोगका पदाधिकारी र कर्मचारीहरु सहभागी छन् ।

सम्मेलन २ दिनसम्म चल्ने छ । सम्मेलनमा केन्द्र र प्रदेश लोक सेवा आयोगहरुबाट विभिन्न कार्यपत्रहरु प्रस्तुत हुने र नयाँ योजनाबारे छलफल गरेर निचोड निकालिने लोकसेवा आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले जानकारी दिनुभयो । सम्मेलनका उपलब्धि पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने उहाँले बताउनुभयो ।

यसअघि लोकसेवा आयोगको पहिलो राष्ट्रिय सम्मेलन २०७७ सालमा फागुन २३ र २४ गते काभ्रेको धुलिखेलमा तथा दोस्रो राष्ट्रिय सम्मेलन २०७८ फागुन २३ र २४ गते रुपन्देहीको भैरहवामा आयोजना गरिएको थियो ।

Back to top button