त्रिभुवन विमानस्थलको महाप्रबन्धकमा तिवारी, गौतमबुद्धमा पाण्डे

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले विभागीय प्रमुखहरुको जिम्मेवारी हेरफेर गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकमा प्रतापबाबु तिवारी आउनुभएको छ ।

तत्कालीन महाप्रबन्धक प्रेमनाथ ठाकुर घुस मागेको अभियोगमा निलम्बनमा परेपछि यो पद खाली थियो ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुसालका अनुसार काठमाडौं विमानस्थलको प्रमुखको जिम्मेवारी तिवारीलाई दिइएको हो ।

विमानस्थलमा प्रमुखको जिम्मेवारी सम्हालिसक्नुभएका उहाँ हाल नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठानको प्रमुख हुनुहुन्थ्यो । यहाँ देव चन्द्रलाल कर्णलाई पठाइएको छ ।

एभिएसन सर्भिसेज निर्देशनालयको प्रमुखको जिम्मेवारीमा रहनुभएका हंश राज पाण्डेलाई भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रमुख बनाइएको छ । भैरहवाका महाप्रबन्धक गोविन्द दाहाल यसैसाता सेवा निवृत्त हुँदै हुनुहुन्छ ।

Back to top button