आईसीसी विश्वकप क्रिकेट लिग–२ः पीएनजीको सय रन पुरा

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत जारि त्रिदेशीय एकदिवसीय शृंखलामा पपुवा न्यूगिनी (पीएनजी)ले नेपालविरुद्ध सय रन पुरा गरेको छ।

दुबही अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा छस जितेर ब्याटिङ थालेको यूएईले २५.१ ओभरमा ४ विकेट गुमाएर सय रन पुरा गरेको हो।

ओपनर टोनी उरा ५१ बलमा २ चौका र एक छक्कासहित ३९ रन बनाएर आउट हुनुभयो। अर्को ओपनर किप्लिन डोरिगालाई ४३ बलमा ३ चौकासहित २६ रनमा सन्दीप लामिछानेले बोल्डआउट गर्नुभयो।

यो शृंखलामा लयमा रहेका सेसे बाउ ११ रनमा कुशल मल्लको बलमा आसिफ शेखबाट रनआउट हुनुभयो। कप्तान आसाद भाला पनि ११ रनमा पभेलियन फर्किएपछि पीएनजीको मध्यक्रम धरापमा परेको छ। क्रिजमा हिरीहिरी र गाउदी टोका हुनुहुन्छ।

हिजो भएको खेलमा घरेलु टिम यूएईसँग ६८ रनले पराजित भएको नेपाल यो खेल जित्नै पर्ने दबाबमा छ। यसै शृंखलाको पहिलो खेलमा नेपालले पीएनजीलाई ४ विकेटले पराजित गरेको थियो।

यूएईविरुद्धको हारसँगै नेपालको शीर्ष ३ मा रहँदै विश्वकपको ग्लोबल छनोट खेल्ने सम्भावना चुनौतीपूर्ण बनेको छ।

बाँकी ६ खेलमा जित निकाले मात्रै नेपालले १२ अंक जोड्दा नामिबियालाई उछिन्ने छ। नेपालको अहिले २८ अंक छ। नामिबियाको ३९ अंक छ।

स्कटल्यान्ड यसअघि नै लिग–२ च्याम्पियन बनिसकेको छ भने ओमानले पनि दोस्रो स्थान सुरक्षित गरिसकेको छ। नेपालले भोलि पपुवा न्युगिनी (पीएनजी)सँग र सोमाबर यूएईसँग यो शृंखलाको अन्तिम एकदिवसीय खेल्ने छ।

यस्तै, मार्च ९ देखि कीर्तिपुरमा नेपालले लिग–२ को अन्तिम शृंखलाको आयोजना गर्नेछ। अब एउटा मात्रै खेलमा पराजित भएपनि नेपालको शीर्ष तीनमा पुग्ने सम्भावना समाप्त हुनेछ। यस्तै, एकदिवसीय शृंखला जोगाउन पनि शीर्ष पाँचमा पुग्नुपर्ने दबाब छ।

Back to top button