भोट माग्दै एमाले नेताहरु रेशम चौधरीलाई भेट्न एमाले नेताहरु कारागारमा

काठमाडौं । नेकपा एमालेका नेताहरु डिल्लीबजार कारागार पुगेर रेशम चौधरीलाई भेट्नुभएको छ । टीकापुर घटनामा जन्मकैदको सजाय काटिरहेका चौधरी नागरिक उन्मुक्ति पार्टीका संरक्षक हुन् ।

चौधरीलाई भेट्न एमाले सचिव योगेश भट्टराई, नेताहरु कृष्णगोपाल श्रेष्ठ, भगवती चौधरी, ठाकुर गैरेलगायतका नेताहरु जानुभएको थियो ।

भेटमा आफूहरुले राष्ट्रपति निर्वाचनमा आफ्नो दलका उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई मत माग्न आग्रह गरेको एमाले सचिव भट्टराईले जानकारी दिनुभयो ।

चौधरीले भने २४ गते बस्ने पार्टीको बैठकले यसबारे निर्णय लिने प्रतिकृया दिनुभएको छ । यसअघि एमाले नेताहरुले लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरुलाई भेट्नुभएको थियो ।

Back to top button