सुवास नेम्वाङको भोट माग्दै एमाले नेताहरु जनमत पार्टी कार्यालयमा

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं राष्ट्रपतिका उम्मेदवार सुवास नेम्वाङका लागि भोट माग्दै नेकपा एमालेका नेताहरुले जनमत पार्टीका अध्यक्ष सीके राउतलाई भेट्नुभएको छ ।

आज जनमतको पार्टी कार्यालयमा पुगेर एमाले नेताहरूले भोट माग्नुभएको हो । एमाले नेता पृथ्बीसुब्बा गुरुङले आफूहरूले पार्टी अध्यक्ष सीके राउतसँग मत मागेको स्पष्ट बताउनुभयो ।

भेटमा अध्यक्ष राउतले सुवासचन्द्र नेम्वाङले राजनीतिमा गरेको योगदानको प्रशंशा गर्नुभएको थियो । अध्यक्ष राउतले मत दिने बिषयमा भने छलफलपछि मात्रै जवाफ दिने बताउनुभयो ।

जनमत भने आठ दलीय गठबन्धनमा आबद्ध छ। जनमतबाट अब्दुल खान सरकारमा पनि सहभागी छन्।

Back to top button