आप्रवासीलाई सहयोग गर्न पोर्चुगलमा नेपाली युवाको हेल्प डेस्क

उमा थापा ,
युरोप । युरोपको सेन्जेन देशहरुमध्ये पोर्चुगल आप्रवासी मामिलामा उदार मानिन्छ । जसका कारण पछिल्लो समय नेपालीलगाएत थुप्रै देशका नागरिकहरुको रोजाई बन्दै आएको छ । तर त्यहाँ पुग्ने आप्रवासीहरुले विभिन्न कारण समस्याहरु पनि झेल्दै आउनुपरेको छ ।

भाषा, तथा कागजी प्रक्रिया नपुग्दा बढीले सास्ति व्यहोर्नु परिरहेको हुन्छ । पोर्चुगलमा भाषालाई बढी महत्व दिएको पाइन्छ । यहाँका हरेक कार्यालयमा भाषा नजान्नेहरुका लागि कुनै पनि काम गर्न सहज छैन ।

पोर्चुगिसहरु आफ्नो भाषाप्रति ज्यादै कठोर रहेको त्यहाँका आप्रवासीहरु बताउँछन् । यहाँसम्मकी त्यहाँ कुनै पनि कामका लागि जाँदा भाषामा समस्या भए कि त जान्ने लिएर आउन वा सिकेर आउन सुझाव दिने गरेको आप्रवासीहरुको भनाई छ ।

हेल्प डेस्क इन पोर्चुगल सञ्चालक बिक्कि सुवेदी

यस्ता अनेक समस्या समाधानका लागि यतिबेला नेपालका एक युवा सम्पूर्ण आप्रवासीहरुका सारथी बन्न सक्रिय बनेका छन् । नेपालीलगायत सम्पूर्ण आप्रवासीका समस्या समाधानका लागि ‘हेल्प डेस्क इन पोर्चुगल’ नामक संस्था खोलेर आप्रवासीका समस्या समाधानको काम भइरहेको छ ।

न्यूनतम शुल्क लिएर सेवा प्रदान गर्ने उद्देश्यले सञ्चालनमा आएको यस हेल्प डेस्कले पोर्चुगल जान चाहनेदेखि लिएर त्यहाँ पुगेर समस्या परेकाहरुलाई समेत सहयोग गर्ने सञ्चालक बिक्कि सुवेदीले बताउनुभयो ।

नेपालमा सूचना प्रविधि अध्ययन गरेर स्वदेशमै केहि गर्ने उद्देश्य राखेपनि अपेक्षाृकत भविष्य नदेखेर करिव एक दशक अघि सुवेदी पोर्चुगल पुग्नुभएको थियो ।

स्वर्णीम भविष्य खोज्दै पोर्चुगल पुग्नुभएका सुवेदी आफ्नै निकट व्यक्तिबाट अन्तरघात भएपछि निकै उतारचढाव झेल्नुपरेको बताउनुहुन्छ ।

यद्यपी संघर्षबाटै लक्ष्य प्राप्ति हुन्छ भन्ने अठोटका साथ अघि बढेको बताउँदै उहाँले अहिले आफूले गर्न सक्ने अवस्था भएपछि उस्तै समस्या अरुले झेल्नु नपरोस भनेर हेल्प डेस्क सञ्चालनमा ल्याएको बताउनुहुन्छ ।

पर्वतको कुस्मा स्थायी घर हुनुभएका सुवेदीले पोर्चुगलमा ‘पावरफूल प्रिज्म एलडीए’ नामक कृषि कम्पनी सञ्चालन गर्दै आउनुभएको छ । उक्त कम्पनीमा विभिन्न देशका आप्रवासीहरुले रोजगारी पाएका छन् ।

यस्तै सामाजिक सेवामा समेत सक्रिय सुवेदीको समूहले अन्य दुईवटा कम्पनी पनि सञ्चालन गर्दै आएको छ । ति कम्पनिहरुमा करिब तीन हजारजनाले रोजगारी पाएका छन् ।

सुवेदीले सञ्चालनमा ल्याएको हेल्प डेस्कले चर्चा कमाउँदै गएको छ । रोजगारीको शिलसिलामा पोर्चुगल आउने र समस्यामा पर्नेहरुलाई यस संस्थाले ठूलो सहयोृग पुर्‍याएको स्थानीय आप्रवासीहरुको भनाई छ । सुवेदी एनआरएनए क्षेत्रिय समिति ओलेन्तेजो पोर्चुगलका उपाध्यक्ष समेत हुनुहुन्छ ।

सहयोगका नाममा दिनहुँजसो दलालहरुले सोझा ब्यक्तिहरुबाट नाजायज फाइदा लिने गरेको पाएपछि डेस्क सञ्चालन गर्न बढी उत्साही भएको उहाँको भनाई छ ।

अहिले डेस्कले न्यूनतम शुलक लिएर सम्पूर्ण आप्रवासीका आवश्यक कागजात बनाइदिनेदेखिा आवश्यक काम गर्ने गरेको छ । सुवेदी भन्नुहुन्छ, ‘यहाँ कुनै पनि आप्रवासीका लागि भेदभाव हुनेछैन ।’

हेल्प डेक्स इन पोर्चुगलले अनुमतिसहित सहज प्रवेशको वातावरण बनाउने, फिनान्सका लागि सोसल अफिसका सम्पूर्ण काम गर्ने, बसोबास अनुमति तथा कार्डका लागि सेफ इन्ट्री गर्ने लगायत परामर्शदाताको सेवा प्रदान गर्दै आएको सुवेदीले बताउनुभयो ।

हेल्प डेक्स इन पोर्चुगल आप्रवासीहरुका समस्या समाधान गर्न चौबीसै घण्टा सेवा दिने गरिएको छ । सञ्चालक सुवेदीले पोर्चुगल आउन चाहने हरेक नेपालीहरुलाई एकपटक हेल्प डेक्स इन पोर्चुगलसँग समन्वय गरेर आउँदा यहाँ आइपर्ने समस्याबाट जोगिन सहयोग पुग्ने सुझाव दिनुभएको छ ।

Back to top button