विराटनगरमा सेल्टरदाता खोज्दै नेकपा एमाले

विराटनगर । नेकपा एमालेले विराटनगरमा रहने सेल्टरदाताहरू खोज्ने अभियान शुरु गरेको छ ।

पार्टीले चलाएको मिसन ग्रासरुट अभियान अन्तर्गत एमालेले भूमिगत कालमा पार्टीका नेताहरुलाई आश्रयदिने सेल्टरदाताहरुको खोजि थालेको हो ।

विभिन्न जिल्लाबाट विराटनगरमा आएर बसोबास गर्ने तर पार्टीमा नजोडिनुभएका सेल्टरदाता खोज्दै सम्मान गर्ने अभियान थालिएको एमाले विराटनगर महानगर कमिटीका अध्यक्ष सागर थापाले बताउनुभयो ।

हिजो आवश्यकता पर्दा पार्टीलाई आश्रय दिने व्यक्तिहरुको खोजि गरि उहाँहरुको अवस्था बुझ्ने र सम्मान गर्ने अभियानमा एमाले रहेको थापाले बताउनुभयो ।

यस्तै एमालेले विराटनगर महानगरमा बढी कर तिर्नेहरुलाई पनि सम्मान गर्ने भएको छ । अध्यक्ष थापाका अनुसार यसका लागि पार्टीले बढी कर तिर्नेहरूको नामावली सङ्कलन अभियान सञ्चालन गरेको छ ।

मिसन ग्रास रुट अभियान अन्तरगत महानगरले जेष्ठ नागरिक राष्ट्रका लागि योगदान दिने बिभिन्न क्षेत्रका नागरिकलाई समेत सम्मान गरिने थापाले बताउनुभयो ।

यसैगरि अभियानका क्रममा विस्तारित बैठक, प्रशिक्षण, रक्तदान, पार्टी सदस्यता नविकरणलगायतका थुप्रै कामहरु नेकपा एमालेले एकसाथ अघि बढाएको छ ।

Back to top button