आठ दलीय गठबन्धनप्रति राप्रपा अध्यक्षको कटाक्षः उल्टो भइरहेको छ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आठ दलीय गठबन्धनप्रति आक्रोश व्यक्त गर्नुभएको छ ।

आज सामाजिक सञ्जालमा लेख्दै उहाँले आठ दलीय गठबन्धनले संविधानको रक्षा नगर्ने भन्दै आक्रोश व्यक्त गर्नुभएको हो ।

दलहरूले संविधानको रक्षाका लागि गठबन्धन गरिएको बताइरहँदा उहाँले संविधान कुनै धर्मशास्त्रजस्तो अपरिवर्तनीय नभएर आवश्यकता अनुसार फेर्न र फ्याँक्नसमेत सकिने बताउँदै दलहरूले उल्टो काम गरिरहेको आरोप लगाउनुभयो ।

‘संविधान गीता, बाइबल, कुरान जस्तो अपरिवर्तनीय हुँदैन, आवश्यकताअनुसार फेरिन्छ र फ्याँकिन्छ पनि। दलहरूले संविधानको रक्षा भन्दा देश र जनताको हित रक्षामा गठबन्धन गर्नुपर्ने हो तर उल्टो भइरहेको छ,’ अध्यक्ष लिङ्देनले उल्लेख गर्नुभएको छ ।

Back to top button