ओलीले राम्रो गर्न खोज्दा एमालेमाथि प्रहार भइरहेको छः ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राम्रो गर्न खोज्दा एमालेमाथि प्रहार भइरहेको बताउनुभएको छ ।

आज भक्तपुरमा आयोजित नेपाल बुद्धिजीवी परिषद्को तेस्रो बैठकलाई सम्बोधन गर्दै ओलीले जनतालाई भ्रममा पार्ने र अल्मल्याउनेलाई बुद्धिजीवीले भ्रमजालबाट मुक्त बनाउनुपर्ने बताउनुभयो ।

उहाँले जनतामा जागरण ल्याउनुपर्ने भन्दै राजनीतिमा हरेक प्रणाली गाँसिएको हुने बताउनुभयो । सामाजिक परिवर्तनका विरोधीहरु जनता अल्मल्याउन सफल हुँदा एमालेले हार्नुपरेको उहाँको भनाई छ ।

उहाँले जनतालाई दिग्भ्रमित पार्न विरोधीहरु लागि परेको उल्लेख गर्दै भन्नुभयो,‘ जनतालाई भ्रमबाट मुक्त पार्ने काम बुद्धिजीवीको हो, जनतालाई तर्साउने, धम्याउने कामहरु भइरहेका छन्, सचेतना जगाउनुस्।’

ओलीले रेलको डिब्बा र इन्जीनसँग तुलना गर्दै बुद्धिजीवी इन्जीन भएको बताउनुभयो । उहाँले एउटा लेख लेखेपछि अरुको लागि प्रेरणादायी हुने र विचार प्रवाह हुने भन्दै प्रोत्साहित गर्नुभयो ।

विचारसँग नकरात्मक टिप्पणी आउँदैमा नआत्ति ‘गलत प्रवृत्तिविरुद्ध निरन्तर लाग्न निर्देशन समेत दिनुभयो ।

Back to top button