![](https://koshisandesh.com/wp-content/uploads/2023/03/press-meet-scaled.jpg)
![](https://koshisandesh.com/wp-content/uploads/2023/03/press-meet-scaled.jpg)
काठमाडौं । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले राष्ट्रपतिको निर्वाचनमा एमालेको बहुमत ल्याउने अभियानका साथ मिसन ग्रासरुट सञ्चालन गरेको बताउनुभएको छ ।
आगामी हुने निर्वाचनमा एमालेले एकल निर्वाचन लड्दा पनि बहुमत आउने गरी संगठन बनाउन पाटीले मिसन ग्रास रुट लिएर गाउँ–गाउँमा छिरेको जानकारी दिनुभयो।
प्रेस चौतारी नेपाल अर्घाखाँची शाखाले सन्धिखर्क शाखाले गरेको पत्रकार सम्मलेनमा बोल्दै एमालेका नेता रायमाझीले राष्ट्रको लक्ष्य प्राप्त गर्न र सुखी नेपाली समृद्ध जनता बनाउन र एमालेले आफ्नो पालामा गरेका कामको जानकारी गाउँ–गाउँमा गराउन अभियान सञ्चालन भएको बताउनुभयो।
नेकपा एमालेका स्थायी कमिटि सदस्य तथा विदेश विभाग प्रमुख डा. राजन भट्टराईले राष्ट्रपतिको निर्वाचनमा पाटीको ह्वीप नलाग्ने भएकाले २ पात्र हेरेर भोटिंग हुँदा राष्ट्रपतिमा सुवासचन्द्र नेम्वाङको जित हुने दाबी गर्नुभएको छ ।
एमाले र माओवादीबीच राष्ट्रपतिमा एमालेले लिने भनेर भएको सहमति तोडेर माओवादी अध्यक्ष प्रचण्डले नयाँ गठबन्धन बनाएको बताउदैँ एमालेले पहिलाको सहमति अनुसारनै राष्ट्रपतिमा उम्मेदवार उठाएको बताउनुभयो।
उहाँले वर्तमान गठबन्धनका कारण देशमा आर्थिक संकट उत्पन्न भएको बताउनुभयो। वर्तमान गठबन्धनले देशमा संकट निम्ताउने उहाँको दावी छ। कार्यक्रममा नेकपा एमालेका पोलिट्ब्युरो सदस्य सूर्य थापा, विमला घिमिरे, जिल्ला अध्यक्ष पिताम्वर भुसाल लगायतको सहभागिता थियो।