हाम्रो पार्टीलाई विभिन्न प्रस्ताव आइरहेका छन्ः माधवकुमार नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीलाई विभिन्न प्रस्तावहरु आइरहेको बताउनुभएको छ ।

नेपाल दलित मुक्ति संगठन केन्द्रीय कमिटीको पाँचौ बैठकलाई सम्बोधन गर्ने क्रममा उहाँले भन्नुभयो, ‘अहिले हाम्रो पार्टीको भूमिका महत्वपुर्ण छ ।

त्यसैले विभिन्न कुराहरुको प्रस्ताव आइरहेका छन् तर देश र जनताको हितमा काम गर्ने हाम्रो पार्टी नीजि स्वार्थमा लाग्दैन ।’

अध्यक्ष नेपालले सबै आन्दोलनमा आफूहरुले खेलेको भूमिका महत्वपुर्ण रहेको दावी गर्दै पार्टी र सिद्धान्तमा अडिक रहेकाले कुनै पनि लोभमा नपर्ने बताउनुभयो ।

उहाँले बैठकमा दलित समस्या राख्न सबै तह तथा केन्द्रसँग सहकार्य गर्नु आवश्यक रहेको बताउनुभयो । अन्य संगठनको प्रतिष्पर्धामा यो संगठनलाई पनि अब्बल बनाउनु पर्ने भन्दै उहाँले यसका लागि सबैसँग सल्लाह छलफल गर्न निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो,‘यसलाई अब्बल बनाउन सबैसँग छलफल गर्नु । मैले के गर्नुपर्छ भन्नु होला ।’

Back to top button