सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई विश्वासको मत नदिने एमालेको निर्णय

धनगढी । नेकपा एमालेले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।

संसदीय दलको बैठकले मुख्यमन्त्री शाहको विश्वासको मत सम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको प्रदेशसभा सदस्य सुरेन्द्र पालले जानकारी दिनुभयो ।

गत २६ माघमा नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि एमालेका राजेन्द्र सिंह रावल नेतृत्वको सरकार ढलेको थियो । सोही दिन मुख्यमन्त्रीमा नियुक्त हुनुभएका कांग्रेस संसदीय दलका नेता समेत रहनुभएका शाहले आज विश्वासको मत लिने तयारी गर्नुभएको छ ।

तर सत्तारुढ गठबन्धनकै प्रमुख घटक माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीले शक्ति बाँडफाँडमा लिखित सहमती मागेपछि शाह अप्ठ्यारोमा पर्नुभएको छ ।

माओवादी केन्द्रले मुख्यमन्त्रीमा आलोपालो र मन्त्रालय भागबन्डामा लिखित सहमती नभएको अवस्थामा विश्वासको मत नसकिने निर्णय नै गरेको छ ।

Back to top button