ओखलढुंगा सवारी दुर्घटनाप्रति प्रधानमन्त्री प्रचण्डद्वारा दुःख व्यक्त

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओखलढुंगामा भएको सवारी दुर्घटनामा परी घाइते भएकाको तत्काल उद्धार गर्न निर्देशन दिनुभएको छ ।

सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीले घाइतेलाई तत्काल हेलिकोप्टरमार्फत उद्धार गर्न सेनाले उद्धार कार्य अघि बढाएकोसमेत जानकारी दिनुभयो।

जिल्लाको चिशङ्खुगढी गाउँपालिका दियालेमा भएको सवारी दुर्घटनाप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभएको छ,‘मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै तीव्र् उद्धार कार्यका लागि निर्देशन दिएको छु ।’

बिहान भएको बेलेरो दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। गम्भीर घाइतेहरूलाई नेपाली सेना र सिम्रिक एयरको हेलिकोप्टरबाट काठमाडौं ल्याएको छ।

Back to top button