झापामा स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा १ जनाको मृत्यु,१ घाइते

विर्तामोड । झापामा स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने अर्का १ जना घाइते भएका छन् ।

कमल गाउँपालिका–७ स्थित मगर चोकमा शनिबार बेलुका साढे ५ बजे दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको प्रदेश १–०१–०१४ प ८२३७ नम्बरको स्कुटर आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा दमक नगरपालिका–२ निवासी स्कुटर चालक २० वर्षीय रिवाज पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

दुर्घटनामा परी चालक पौडेल र सोही स्कुटरको पछाडि सवार दमक नगरपालिका–८ निवासी १८ वर्षीय सुरज चौधरी घाइते हुनुभएको थियो । घाइतेमध्ये चालक पौडेललाई उपचारको लागि विर्तामोडस्थित बीएण्डसी अस्पताल लागिएको र उहाँको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते चौधरीको लाइफलाइन अस्पताल दमकमा उपचार भइरहेको छ ।

Back to top button