सुदूरपश्चिमका मुख्यमन्त्रीले विश्वासको मत लिँदै

धनगढी । सुदूरपश्चिम प्रदेश सभा बैठक सुरू भएको छ। प्रदेश सभामा मुख्यमन्त्री कमलबहादुर शाहीले विश्वासको मत लिँदै हुनुहुन्छ।

उहाँले प्रदेश सभामा विश्वासको मतको प्रस्ताव पेश गर्नुभएको छ । बैठक जारी छ। मुख्यमन्त्री शाहलाई बहुमतका लागि २७ सांसद आवश्यक पर्छन्।

यस्तै, ५३ सदस्यीय प्रदेश सभामा कांग्रेसका १९, एमालेका १०, माओवादीका ११ (सभामुखसहित), नागरिक उन्मुक्तिका ७, नेकपा (एकीकृत समाजवादी)का ४ र राप्रपा १ तथा स्वतन्त्र सांसद १ जना छन्।

नेकपा एमालेले भने विश्वासको मत नदिने भएको छ। यसअघि शाहलाई विश्वासको मत नदिने अडानमा रहेका माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीले मत दिने भएका छन्।

यस्तै, तत्कालीन मुख्यमन्त्री राजेन्द्रसिंह रावलले प्रदेशसभाबाट बहुमत नपाएपछि संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेश सभामा सबैभन्दा ठूलो दल कांग्रेस संसदीय दलको नेताको हैसियतले शाह गत माघ २६ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो।

त्यतिबेला नागरिक उन्मुक्ति पार्टीले साथ नदिँदा एमाले नेतृत्वको प्रदेश सरकार सोही दिन ढलेको थियो।

Back to top button