प्रचण्ड मुलुकका बारेमा फैसला गर्ने गरी उभिन नसक्ने प्रधानमन्त्री : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मुलुकका बारेमा फैसला गर्ने गरी उभिन नसक्ने प्रधानमन्त्री भएको टिप्पणी गर्नुभएको छ ।

आज २४ औं यदु स्मृति दिवसका अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले शको स्वाधिनता, साम्राज्यवाद, सामन्तवाद आन्दोलनको नेतृत्व गरेको व्यक्ति मुलुकको पक्षमा उभिन नसक्ने बताउनुभयो।

पार्टीभित्रको अन्तरसंघर्षमा सही विचारलाई निषेध गरेकै कारण प्रचण्डले अहिले बिडम्वनापूर्ण राजनीतिको यात्रा गर्नुपरेको उहाँको ठहर छ। चलाखीका साथ देशको नेतृत्व प्राप्त गरेपनि देशलाई सही बाटोमा हिडाउँने सामर्थ्य प्रचण्डमा नरहेको उहाँको भनाइ छ।

देशमा आर्थिक संकट बढेको बेला नयाँ सरकार बनेपछि मुलुकको आर्थिक अवस्था सुधार भएपनि अहिले पुनः समस्या देखिएको पोखरेलले टिप्पणी गर्नुभयो।

Back to top button