धनुषामा ट्याक्टर र मोटरसाइकल ठोकिँदा २ जनाको मृत्यु

जनकपुर । धनुषामा ट्याक्टर र मोटरसाइकल ठोकिँदा २ जनाको मृत्यु भएको छ। जिल्लाको लक्ष्मीनियाँ गाउँपालिकामा गएराति ९ बजे सडकमा गुडिरहेको ज १ त ५२४५ नम्बरको ट्याक्टरमा ज १० प ६४२९ नम्बरको मोटरसाइकल ठोकिँदा उक्त दुर्घटना भएको हो।

मृत्यु हुनेमा लक्ष्मीनियाँ गाउँपालिका–४ का मोटरसाइकल चालक ४५ वर्षीय रामएकबाल ठाकुर र मोटरसाइकलको पछाडि सवार सोही ठाउँ बस्ने ६० वर्षीय सत्तो साह सुडी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिनुभयो।

उहाँहरुलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको थियो।

Back to top button