जेसीज स्वर्ण जयन्तीको अवसरमा विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण

विराटनगर । विराटनगर जेसीजले स्वर्ण जयन्तीको अवसरमा जेसीज सप्ताह मनाइरहेको छ । सप्ताहको दोश्रो कार्यक्रम व्हाइट बोर्ड तथा शैक्षिक सामग्री वितरण गरि मनाएको छ ।

प्रदेश सभा सदस्य अमृत अर्यालको प्रमुख आतिथ्यता विराटनगर जेसिजका पूव अध्यक्ष सुशील रिजालको विशिष्ट आतिथ्यतामा विराटनगर– १४ स्थित बाल मा.बि. मा ह्वाइट बोर्डलगायतका शैक्षिक सामग्री वितरण गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी अर्यालले विद्यार्थीका लागि आवश्यक सामग्री जेसीजले प्रदान गरेकोमा धन्यवाद दिँदै विराटनगर–१४ आफ्नो निर्वाचन क्षेत्र पनि भएकाले यहाँको शिक्षाको विकासका लागि पहल गर्ने बताउनुभयो । उहाँले विद्यालयहरु बालमैत्री बन्नुपर्नेमा समेत जोड दिनुभयो ।

जेसीज सप्ताहका मुख्य कार्यक्रम संयोजक तुलसी निरौलाले जेसीज नेतृत्व र ब्यक्तित्व बिकास गर्ने संस्था भएपनि आवश्यकताका आधारमा समाजिक काममा पनि सक्रिय रहने बताउनुभयो ।

सामाजिक कार्यकै रुपमा विद्यालयमा व्हाइट बोर्डको आवश्यकता महसुस गरि सामग्री उपलब्ध गराएको बताउनुभयो ।

अध्यक्ष अभिनाश थापाले आगामी दिनमा शैक्षिक सामग्री मात्र नभएर विद्यार्थीको ब्यक्तित्व बिकासका लागि पनि विभिन्न तालिम तथा सिकाइका नविन पद्धतिका लागि विद्यालयले आवश्यकता महशुष गरे सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

कार्यक्रममा स्वर्ण जयन्ती मुल आयोजक समितीका संयोजक गोपाल गुप्ता , पुर्व राष्ट्रिय अध्यक्ष फुल कुमार लालवानी , बोर्ड अफ ट्रस्ट अध्यक्ष टिकाराज ढकाल , विद्यालयका प्रधानाध्यापक बिरेन्द्रकुमार यादवलगायत जेसीजमा आवद्ध ब्यक्तिहरुको उपस्थिती थियो । कार्यक्रमको संयोजन सन्देश कोइरालाले गर्नुभएको हो ।

Back to top button