करिब ९ लाखको अवैध औषधी बरामद

विराटनगर । भारतबाट लुकाईछिपाई नेपालतर्फ ल्याउँदै गरेको करिब ९ लाख बराबरको औषधी प्रहरीले बरामद गरेको छ ।

गएराति करिब साढे ११ बजेराती विराटनगर महानगरपालिका वडा नं.– १६ स्थित उखुबारी छेउबाट औषधी बरामद भएको प्रहरीले जनाएको छ ।

अवैध रुपमा नेपाल भित्र्याइएको अन्दाजी ८ लाख ४६ हजार ७ सय २० रुपैयाँ मूल्य बराबरको ग्लोनेक जेल र लाईफटिन ट्याब्लेट बरामद भएको हो ।

ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले बरामद गरेको उक्त औषधी आवश्यक कारवाहीको लागि भन्सार कार्यालय विराटनगरमा बुझाइएको छ ।

Back to top button