
विराटनगर । विराटनगर– १६ हुलास चोकबाट करिब ९ लाख मूल्य बराबरको भन्सार छलीका समान प्रहरीले बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले गएराती भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याउँदै गरेको लत्ताकपडा, खाद्यान्नलगायतका सामान बरामद गरेको हो ।
बरामद भएको सामान अन्दाजी ८ लाख ५२ हजार ७ सय २०रुपैयाँ बराबरको रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
प्रहरीका अनुसार बरामद उक्त समान आवश्यक कारवाहीको लागि भन्सार कार्यालय विराटनगरमा बुझाइएको छ ।