टुँडिखेल कान्तिपथमा फागुन २५ गते भैरवी उत्सव हुने

काठमाडौं । काठमाडौंको टुँडिखेल कान्तिपथमा फागुन २५ गते भैरवी उत्सव हुने भएको छ।

सद्गुरुद्वारा स्त्रीरूपको शक्तिशाली ऊर्जा लिंग भैरवी देवीको फागुन २३ गते प्राण प्रतिष्ठा गरिनेछ। भैरव उत्सवको अवसरमा लिंग भैरवीलाई स्वागत गर्ने, सद्गुरुसँग सत्संग गर्ने कार्यक्रम पनि रहेको छ।

सद्गुरुका अनुसार स्त्रीगुण हुनु कमजोरी होइन, यो गुण पुरुषमा पनि उत्तिकै जीवित हुन सक्छ। दुई गुण सन्तुलनमा हुँदामात्रै मानिसले तृप्त जीवन जिउन सक्छ। यदि स्त्रीगुण हराएमा, जीवनमा सबै कुराहरू सुन्दर, कोमल, गैर–प्रतिस्पर्धी र पालनपोषण गर्ने सबै हराउनेछ।

सद्गुरुले भनेअनुसार स्त्रीबिना पनि जीवन हुन सक्छ भन्ने चित्र हामी सिर्जना गरिरहेका छौं, यो एक खतरनाक तस्बिर हो जुन क्रूरताको चरम स्तरमा अभिव्यक्त भइरहेका छन्। नारीबिना पनि हामी यहाँ रहन सक्छौं भन्ने सोचका कारण स्त्रीगुण धेरै डुबेको छ।

महिलाहरू धेरै यस्ता छन्, जसलाई महिला भएकोमा लाज लाग्छ। समाजमा स्त्रीगुण सचेत रूपमा पालनपोषण गर्न र प्रशंसा गर्न जीवन र जगत्का लागि आवश्यक छ।

Back to top button