सरोज उपाध्यायको पार्थिव शरीरलाई पार्टी कार्यालयमा राखिने

काठमाडौं । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं विज्ञान तथा प्रविधि विभाग प्रमुख सरोज उपाध्यायको पार्थिव शरीरलाई आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा राखिने भएको छ ।

आज दिउँसो १ देखि ३ बजेसम्म पार्टी कार्यालयमा पार्टीका नेता,कार्यकर्ता,शुभेच्छुकका साथै अन्य राजनीतिक दलका नेताले श्रद्धाञ्जली दिने कार्यक्रम रहेको छ ।

गत शनिबार शङ्खमुलस्थित एक रेष्टुरेन्टको छतबाट लडेर घाइते हुनुभएका उपाध्यायको अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

उहाँको आजै साँझ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ । उपाध्याय पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको कान्छो भाई हो ।

Back to top button