फिल्म सुटिङका क्रममा अभिनेता बच्चन घाइते

काठमाडौं । बलिउड अभिनेता अमिताभ बच्चन घाइते हुनुभएको छ । हैदराबादमा फिल्म ‘प्रोजेक्स के’ को सुटिङका क्रममा बच्चन घाइते हुनुभएको बताइएको छ।

उहाँको करङमा चोट लागेको छ। स्‍वास्थ्य जाँचपछि बच्चनलाई मुम्बइ पठाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

हैदराबादको एआईजी अस्पतालमा उहाँले सिटी स्क्यान गराउनुभएको थियो। स्वास फर्ने र हिँडडुल गर्न कठिनाइ भइरहेको र दुखाइ ठिक गर्न औषधि लिइरहेको उहाँले जानकारी दिनुभएको छ ।

चिकित्सकले केही समय आराम गर्न सल्लाह दिएका छन्। उहाँले हालका लागि सबै भेटघाट र निर्धारित कार्यक्रम स्थगित गर्नुभएको छ ।

Back to top button