प्रधानमन्त्री प्रचण्डद्वारा सरोज उपाध्यायप्रति श्रद्धान्जली अर्पण

काठमाडौं । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं विज्ञान तथा प्रविधि विभाग प्रमुख सरोज उपाध्यायको पार्थिव शरीरलाई श्रद्धान्जली दिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आलोकनगर पुग्नुभएको छ ।

प्रचण्ड श्रद्धान्जली दिन नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय पुग्नुभएको हो ।

प्रधानमन्त्री प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका भाई उपाध्यायको पार्थिव शरीरमा श्रद्धान्जली अर्पण गर्नुका साथै नेपालसहित परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।

गत शनिबार शंखमुलस्थित एक रेष्टुरेन्टको छतबाट लडेर घाइते हुनुभएका उपाध्यायको अस्पतालमा उपचारका क्रममा निधन भएको थियो। उहाँको आज साँझ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ।

Back to top button