मिथिलाञ्लमा होली पर्व आज मनाइँदै

महोत्तरी । मिथिलाञ्ल क्षेत्रमा आज धुमधामका साथ रंगहरुको पर्व होली मनाइँदै छ। पन्ध्र दिने मिथिला मध्यमा परिक्रमा समापनको भोलिपल्ट मिथिलाञ्चल क्षेत्रमा रंगहरुको पर्व होली मनाउने परम्परा रहेको छ ।

हिजो परिक्रमा अन्त्य भएपछि आज यहाँ होली पर्व मनाउन लागिएको हो।

असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र दुराचारमाथि सदाचारको विजय भएको खुसियालीमा मनाइने होली पर्वमा सम्पूर्ण रिसराग परित्याग गरी प्रेमभाव र आत्मीयताका साथ आफन्तजन एवं साथीसङ्गीहरूसँग एकापसमा अबिर तथा रङ दलेर रमाइलो गर्ने गरिन्छ।

यस्तै, होलि पर्वको अवसरमा मधेश प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

Back to top button