राप्रपाको कार्यसम्पादन समितिको बैठक बस्दै, राष्ट्रपतिको निर्वाचनका बारेमा छलफल हुने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज दिँउसो बस्दैछ ।

केन्द्रीय कार्यालय धुम्बाराहीमा दिँउसो १ बजे बस्ने बैठकले राष्ट्रपति निर्वाचनका बारेमा कस्लाई मत दिने भन्नेलगायतका विषयमा निर्णय गर्ने बताइएको छ ।

राष्ट्रपतिको निर्वाचनका बारेमा पनि बैठकमा छलफल हुने जानकारी दिँदै प्रवक्ता मोहन श्रेष्ठ समसमायिक राजनीतिक विषय बैठकका एजेण्डा रहेको बताउनुभएको छ ।

पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएको राप्रपाले राष्ट्रपतिमा कसलाई मत दिने भन्ने निर्णय गरिसकेको छैन ।

यसअघि ९ दलीय गठबन्धनका रामचन्द्र पौडेल र एमालेका सुवास नेम्वाङले छुट्टाछुट्टै भेटेर लिङदेनसँग भोट माग्नुभएको छ ।

Back to top button