काठमाडौं उपत्यकामा आज हल्का वर्षा

काठमाडौं । काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा आज बिहानदेखि हल्का वर्षा भइरहेको छ।

पश्चिमी वायुको प्रभावका कारण मौसम बदली भएको र काठमाडौं उपत्यकासहित पहाडी क्षेत्रका केही ठाउँमा आज हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाखाशाले जनाएको छ।

आज वर्षाका कारण चिसो महशुस भएको छ। अहिले देशभरकै मौसम बदली भएको मौसमविद् बरुण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार काठमाडौंमा बिहान ८ः४५ मिनेटसम्ममा ० दशमलव २ मिलिमिटर वर्षा भएको छ ।

डोल्पा, हुम्लामा हिमपात भइरहेको,सर्लाहीलगायतका जिल्लामा अहिले हल्का वर्षा भइरहेको र देशका धेरै ठाउँमा बादल लागेको मौसमविद् पौडेलले बताउनुभयो ।

यसैगरी आज पहाडी क्षेत्रका केही ठाउँमा मेघगर्जनसहित चट्याङ पर्ने अनुमान गरिएको छ । आज राति पनि पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुने अनुमान छ । राति कोसी र गण्डकी प्रदेशका पहाडी क्षेत्रका १–२ ठाउँमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

यसैगरी कोसी,गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका १–२ ठाउँमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यस्तै, भोलि पनि पहाडी क्षेत्रका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का पानी पर्ने र हिमाली क्षेत्रका १–२ ठाउँमा हिमपात हुने सम्भावना छ ।

Back to top button