सप्तकोशी नदीमा पौडी खेल्नेक्रममा एक युवकको मृत्यु

उदयपुर । सप्तकोशी नदीमा पौडी खेल्नेक्रममा उदयपुरका एक युवाको मंगलबार मृत्यु भएको छ।

बिहान १०ः३० बजे नदीमा पौडी खेल्नेक्रममा बेलका नगरपालिका–८ बकुन्द्रे नजिकबाट बेपत्ता भएका वडा नम्बर–६ का १७ वर्षीय सुदिप बिष्ट साँझ मृत फेला पर्नुभएको हो ।

वडा नम्बर–४ गुरुङचौरीका जनम गतराजसंगै पौडी खेल्न निस्कनुभएका विष्टको कोशीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी राकेश पौदारले बताउनुभयो।

कोशीमा बेपत्ता भएको खबर पाएलगत्तै ईलाका प्रहरी कार्यालय रामपुर र सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय ईटहरीबाट खटिएको टोलीले १ सय मिटर तल विष्टको शव फेला परेको उहाँले बताउनुभयो। घटनाको थप अनुसन्धान भइरहेको डीएसपी पौदारले बताउनुभयो।

Back to top button