सातवटै प्रदेशमा स्तन र पाठेघरको क्यान्सरको निःशुल्क उपचारको व्यवस्था मिलाइने छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिलामा देखिने पाठेघरको क्यान्सर र स्तन क्यान्सरको शीघ्र पहिचान र उपचारमा निःशुल्क सेवा विस्तार गरिने बताउनुभएको छ ।

आज ११३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो घोषणा गर्नुभएको हो ।

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो,‘सातवटै प्रदेशमा निसन्तान उपचार सेवा,वडास्तरमा नवजात शिशु स्याहार केन्द्रको स्थापना,महिलामा देखिने पाठेघरको क्यान्सर र स्तन क्यान्सरको शीघ्र पहिचान र उपचारलाई विशेष कार्यक्रमको रूपमा निःशुल्क सेवा विस्तार गरिनेछ।

साथै पाठेघरको क्यान्सर रोकथामको लागि ९ देखि १३ वर्षका बालिकालक्षित एचपीभी खोप कार्यक्रमलाई देशव्यापी विस्तार गरिनेछ ।’

यस्तै, उहाँले करिब ३४ प्रतिशत महिलामा प्रजनन उमेर समूहका महिलामा देखिएको रक्तअल्पताको अन्त्य गर्न महिलालक्षित पोषण कार्यक्रम सञ्चालन गरिने समेत बताउनुभयो।

Back to top button