
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले राज्यका हरेक क्षेत्रमा महिलाको सहभागीता बढ्दै गएको बताउनुभएको छ ।
आज ११३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले विभिन्न आन्दोलनको परिणामस्वरुप राज्यसत्तामा महिला सहभागिता सुनिश्चित गर्न पाएको बताउनुभएको हो ।
उहाँले भन्नुभयो,‘हामी महिलाको ५० प्रतिशत सहभगिताको दिशामा अघि बढेका छौं तर एकथरि मान्छेहरू महिलालाई दिएको अधिकार बढि भयो, समीक्षा गरौं भन्न थालेका छन् ।’
जनयुद्ध र विभिन्न आन्दोलनको परिणामस्वरुप राज्यसत्तामा महिला सहभागिता सुनिश्चित बढ्दै गएको उहाँको भनाइ छ। मन्त्री शर्माले प्राप्त उपलब्धिको रक्षा, कार्यान्वयन र विकासका लागि जुट्ने बेला आएको समेत बताउनुभयो।