जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ। उपराष्ट्रपतिको उम्मेदवार, समसामयिक राजनीति लगायतका विषयमा छलफल गर्न भोलि बैठक बोलाइएको हो।

पार्टी कार्यालय बालकुमारीमा बस्ने बैठक भोलि दिउँसो ३ बजे सुरु हुने छ। जसपाले भोलि बिहान सांसदहरूलाई बालकुमारीमा उपस्थित हुन भनेको छ।

पार्टी कार्यालयमा भेला भएर राष्ट्रपतिको उम्मेदवारलाई मत हाल्न जाने कार्यक्रम छ। बिहान ९ बजे उपस्थित हुन सबै सांसदहरूलाई सूचित गरिएको छ।

जसपाका संघीय सांसद १४ र प्रदेश सांसदहरू २२ गरी ३६ सांसदहरू छन्। प्रतिनिधि सभा समानुपातिक तर्फको १ स्थान रिक्त छ।

Back to top button