रोल्पामा ट्रयाक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु, ७ घाइते

रोल्पा । रोल्पाको त्रिवेणी गाउँपालिका–२ दहवनमा गएराति ट्रयाक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ, भने ७ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा ट्रयाक्टरमा सवार मजदुर सल्यानको कुमाक गाउँपालिका–६ का ३२ वर्षीय टोपलाल विक रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रकाश भुसालले जानकारी दिनुभयो। उहाँको राप्ती विज्ञान प्रतिष्ठान दाङमा उपचारका क्रममा मृत्यु भएको हो ।

सडकमा काम गर्ने मजदुर सवार रा१त १७२५ नम्बरको ट्रयाक्टर सडकबाट तल खसेको थियो । दुर्घटनामा परी घाइते सातै जनाको दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै, ट्रयाक्टर चालक दाङको घोराही उपमहानगरपालिका–३ का २९ वर्षीय नवीन चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Back to top button