
काठमाडौं । राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङले देश र जनताका अगाडी चुनौती रहेको बताउनुभएको छ ।
राष्ट्रपति निर्वाचनमा मतदानअघि पत्रकार सम्मेलनमा उम्मेदवार नेम्वाङले देशको समस्या समाधानमा साझा अभिभावकको भूमिका निर्वाह गर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो,‘म सम्पूर्ण जनताको साझा अभिभावकको रुपमा जाने प्रयास गर्नेछु । यो देशका सम्पूर्ण जनता एक ठाउँमा हुन जरुरी छ ।’