आईसीसी विश्वकप क्रिकेटः एकदिवसीयमा आसिफको पहिलो शतक, १ हजार रन पूरा

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृंखलाको पहिलो खेलमा पीएनजीविरुद्ध नेपालका ओपनर ब्याटर आसिफ शेखले शतक बनाउनुभएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालका लागि आसिफले १ सय १ बलमा १० चौका र २ छक्कासहित ३५ ओभरमा शतक पूरा गर्नुभयो।

आसिफले ३२औं इनिङमा पहिलो शतकसँगै एकदिवसीयमा १ हजार रन पूरा गर्नुभएको छ । आज क्रिजमा उत्रिनुअघि आसिफलाई १ हजार रनको कोशेढुङ्गा पार गर्न ९० रन आवश्यक थियो।

आसिफले सन् २०२१ को सेप्टेम्बरमा पीएनजीविरुद्धकै खेलबाट एकदिवसीयमा डेब्यू गर्नुभएको थियो । आसिफ एकदिवसीय अन्तर्राष्ट्रियमा १ हजार रन पूरा गर्ने दोस्रो ब्याटर हो। यसअघि कप्तान रोहित पौडेले घरेलु मैदानमै फेब्रुअरीमा भएको शृंखलामा त्यो कोशेढुङ्गा पार गर्नुभएको थियो।

एकदिवसीय करिअरमा आसिफको ७ अर्धसतक बनाइसक्नुभएको छ । आसिफ अहिले ७५ रन बनाएर खेलिरहनुभएको छ । आसिफसँगै ज्ञानेन्द्र मल्ल ५ रन बनाएर खेलिरहनुभएको छ । नेपालले ३५ ओभरमा ३ विकेट गुमाएर १ सय ८६ रन बनाएको छ।

यो बाहेक ३ खेल खेल्न बाँकी नेपालले शीर्ष तीनमा पर्न सबै खेल जित्नु पर्ने दबाब छ। लिग–२ को अन्तिम शृंखलामा यो अन्तिम त्रिदेशीय शृंखला हो।

यस्तै, पीएनजी र नेपालसँगै यूएई पनि सहभागी शृंखला आजदेखि सुरु हुँदैछ। नेपालले यसअघि फेब्रुअरीमा कीर्तिपुरमा भएको शृंखलामा क्लिन स्वीप गरेको थियो। स्कटल्यान्ड र नामिबिया सहभागी शृंखलाका चारै खेलमा नेपालले दोस्रो लक्ष्य पछ्याएको नेपाललले सबै खेलमा टस जितेको थियो।

त्यसपछि यूएई पुगेको नेपालले ४ मध्ये ३ खेलमा जित हासिल गरेको थियो। नेपालले एक दिवसीय मान्यता जोगाउन यूएईलाई मात्र पछि पार्न सके पनि पर्याप्त हुनेछ। समान ३२ खेल खेलेको यूएईको ३१ र नेपालको ३२ अंक छ।

Back to top button