दुर्घटना हुनबाट जोगियो श्री एयरलाइन्सको जहाज

काठमाडौं । श्री एयरलाइन्सको जहाज आज ठूलो दुर्घटना हुनबाट बचेको छ।

काठमाडौंबाट आज बिहान ९ः३८ बजे भैरहवा उडेको ८२१ नम्बरको जहाजको दायाँ इन्जिनमा आगोको झिल्को देखिएपछि काठमाडौंमा सकुशल अवतरण गरिएको हो।

बिहान ९ः३८ बजे उडेको जहाज १०ः१ बजे काठमाडौंमै अवतरण गराइएको थियो। चालक दलका सदस्यले काठमाडौंबाट जहाज उड्ना साथ इन्जिनमा आगो देखिएको टावरलाई जानकारी गराएको थियो।

लगत्तै जहाज काठमाडौं फर्काइएको थियो। जहाजमा ७८ जना यात्रु सवार थिए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित नागरिक उड्ड्ययन कार्यालय स्रोतका अनुसार जहाज सकुशल अवतरण गरिएको हो।

जहाजमा आगो लागेको सूचना आएपछि विमानस्‍थलमा उच्च सतर्कता अपनाइएको थियो भने आन्तरिक र अन्तर्राष्ट्रिय उडान केही समय होल्ड गरिएको थियो।

Back to top button