प्रदेश सांसद् न्यौपाने मतदान गरी फर्किने क्रममा लडेर घाइते

काठमाडौं । प्रदेश सभा सदस्य गोविन्द न्यौपाने घाइते हुनुभएको छ । राष्ट्रपति निर्वाचनमा मतदान गरेर फर्किने क्रममा न्यौपाने सिढीबाट लडेर घाइते हुनुभएको हो ।

न्यौपानेको टाउकोमा चोट लागेको छ । लडेर घाइते भएपछि न्यौपानेलाई संसद भवनमा प्राथमिक उपचार गरिएको छ ।

नेकपा एकीकृत समाजवादीका न्यौपाने सप्तरी ४ ‘क’बाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।

Back to top button