राजनीतिमा सबै सम्भव छ, कांग्रेस र एमाले नमिल्ने भन्ने कसम खाएका छैनौं : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भौगोलिक अखण्डता र लोकतन्त्र रक्षाका लागि राष्ट्रपतिको भूमिका महत्वपूर्ण रहने बताउनुभएको छ ।

संसद् भवनमा मतदानपछि ओलीले देशको हितको रक्षा, सार्वभौम सत्ताको रक्षा, भौगोलिक अखण्डताको रक्षा, राष्ट्रिय हित र स्वाभिमानको रक्षाका लागि अभिभावकको भूमिका वहन गर्न सक्ने राष्ट्रपति आवश्यक रहेको बताउनुभएको हो ।

उहाँले भन्नुभयो,‘राष्ट्रपतिले लोकतन्त्रको रक्षा,जनताप्रति उत्तरदायी, संविधानको पक्षमा उभिने, संविधानको पक्षमा उभिनलाई आफ्नो स्वार्थमा व्याख्या गर्ने, त्यसलाई संविधानसम्मत लोकतान्त्रिक कोणबाट व्याख्या गर्ने, देशप्रति बफादार भएर संविधानको रक्षकको भूमिका निर्वाह गर्नुपर्छ । ’

राष्ट्रपतिप्रति आलोचना भइरहेको छ नि भन्ने प्रश्नमा ओलीले संकीर्ण स्वार्थ भएकाहरू सानो स्वार्थ पूरा नभएपछि उफ्रिनु स्वभाविक रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘राजनीतिमा जे पनि सम्भव छ । कांग्रेस र एमाले एक ठाउँमा नआउने भनेर कसम खाएको छैन ।’

Back to top button