सुरक्षा पन्तको विवाह मानव सुवेदीसँग

काठमाडौं । अभिनेत्री सुरक्षा पन्तको विवाह मानव सुवेदीसँग भएको छ । आज चितवनको सौराहाको एक रिसोर्टमा आफन्त र निकट साथीभाइको उपस्थितिमा उहाँहरुको वैवाहिक कार्यक्रम भइरहेको छ ।

सुरक्षा आफैंले सामाजिक सञ्जालबाट विवाहको तस्वीर सार्वजनिक गर्नुभएको छ ।

विवाहको तस्वीरमा दुवै जना खुसी देखिनुभएको छ । विवाहमा मिडियालाई प्रवेश दिइएको छैन । चलचित्रकर्मीका लागि भने काठमाडौं फर्किएपछि रिसेप्सन दिने उहाँहरुको तयारी छ ।

कलाकार समेत रहनुभएका मानव र सुरक्षा ६ वर्षदेखि प्रेम सम्बन्धमा हुनुहुन्थ्यो। सानो जमघटमा गरिएको विवाहमा मानव र सुरक्षाका दुवै पक्षका परिवार र आफन्त उपस्थित छन् । उहाँहरु विवाहको एक दिनअघि इन्गेजमेन्ट र मेहेन्दी समारोह गरिसक्नुभएको छ ।

Back to top button