
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले संसदीय दलका नेता रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ।
जसपाको केन्द्रीय कार्यकारिणी समितिको आजको बैठकले यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो। यादव बारा क्षेत्र नम्बर–२ बाट निर्वाचित सांसद हो । आठ दलीय राजनीतिक संयन्त्रले नेपाली कांग्रेसलाई राष्ट्रपति र जसपालाई उपराष्ट्रपति दिने समझदारी गरेका थिए।
कांग्रेसका तर्फबाट सिफारिस हुनुभएका रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भइसक्नुभएको छ । निर्वाचन आयोगका अनुसार उपराष्ट्रपति पदको उम्मेदवारमा फागुन २७ गते मनोनयन र चैत्र ३ गते निर्वाचनको कार्यतालिका रहेको छ।