राष्ट्रपतिमा निर्वाचित भएपछि पौडेलद्वारा पशुपतिनाथ दर्शन

काठमाडौं । राष्ट्रपतिमा निर्वाचित भएपछि रामचन्द्र पौडेलले पशुपतिनाथको दर्शन गर्नुभएको छ । आज बिहान पौडेल मन्दिर दर्शन गर्न पशुपतिनाथ पुग्नुभएको हो ।

पौडेल हिजो राष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो। नेकपा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्बाङलाई पराजित गर्दै पौडेल गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति बन्नुभएको हो ।

Back to top button